काठमाडौं : नेकपा (एमाले)को कार्यकारी पदमा उठ्न उमेर हद तोकिएको छ। कार्यकारी पदमा उठ्न ७० वर्ष ननाघेको हुनुपर्ने गरी हद तोकिएको हो।

कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उही तहको कार्यकारी पदमा एउटा व्यक्ति दुई पटकभन्दा बढी कार्यकाल उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ। यदि कार्यकारी पदमा रहिरहेको बेला ७० वर्ष पुगे सो कार्यकालभरि पदमा रहन पाउने व्यवस्था तयार गरिएको उपमहासचिव विष्णु पौडेलले जानकारी गराए।

पार्टीको विधान महाधिवेशनले योग्यता पनि संशोधन गरेको छ। यसअघि पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने प्रावधान थियो। त्यसलाई संशोधन गरी १० वर्ष कायम गरिएको छ।

केन्द्रीय सदस्यको न्युनतम योग्यता केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य भएको व्यक्ति हुनुपर्ने प्रावधान राखिएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *