काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ग्यालेक्सी फोरके टेलिभिजनको शुभारम्भ गर्दै उनले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री देउवाले सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेको भए पनि ग्यालेक्सी फोर के टेलिभिजनले जिम्मेवार पत्रकारिता गर्ने विश्वास व्यक्त गरे । उनले लोकतान्त्रिक देशमा सञ्चारमाध्यम चौथो अङ्गका रुपमा स्थापित भएकाले सोही मान्यताअनुसार यसलाई अघि बढाउन नेपाल पनि अभिप्रेरित भएको बताए।
उनले रामायण, को बन्छ करोडपतिजस्ता कार्यक्रम प्रसारण गर्न लागेकामा टेलिभिजनलाई धन्यवादसमेत दिए ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गरेका थिए।
आजैदेखि ग्यालेक्सी फोरके टेलिभिजनले आफ्नो नियमित प्रसारण सुरु गरेको छ ।

