gold

काठमाडौं : शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्यमा ९ सयले वृद्धि हुँदा आज छापावाल सुन ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार ७ सय रुपैयामा किनबेच भएको थियो। तेजावी सुन भने प्रतितोला रु ८८ हजार २५० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। २० रुपैयाँले वृद्धि हुँदा चाँदी प्रतितोला १ हजार १ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *