काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले आह्वान गरेको सर्वदलीय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ,नेकपा (एकीकृत समाजवादी)बाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष राजेन्द्र पाण्डेको उपस्थिति रहेको छ।

यसै गरी जनता समाजवादी पार्टी (जसपा)बाट नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो, नेमकिपाबाट नेता प्रेम सुवाल र जनमोर्चाबाट दुर्गा पौडेलको उपस्थिति रहेको छ।

बैठकमा संसदमा भएका सबै दललाई डाकिए पनि नेकपा (एमाले) ले भने उपस्थिति जनाएको छैन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *