काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) बाट सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गो लागेको छ।

नेकपा (एस)का नेता मेटमणि चौधरीका अनुसार नाम टुङ्गो लागेकाहरुमा विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ रहेका छन्। किसान श्रेष्ठ र भवानी खापुङमध्ये एकजना मन्त्री हुनेछन् ।
विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा सामेल हुन लागेको हो।
पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाइसकेको स्रोतले जनाएको छ ।

