काठमाडौं :नेकपा (एमाले)ले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा भीम रावललाई चयन गरेको छ। सोमबार बसेको स्थायी समितिको बैठकले रावललाई चयन गरेको हो।

असोज ८, ९ र १० गतेको बसेको केन्द्रीय कमिटी बैठकमा भीम रावल, झपट रावल र भानुभक्त जोशीले १० बुँदे सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका थिए। त्यसपछि अध्यक्ष ओलीले स्थायी समितिको बैठकमा त्यसबारे सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए।
२०७५ जेठ २ मा पार्टी फर्काउने भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका रावलले जेठ २ अघि सुदूरपश्चिम इन्चार्ज आफू भएकाले त्यसको निरन्तरता हुनुपर्ने कुरामा जोड गरिरहेका छन्।सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी भने अध्यक्ष ओलीले लेखराज भट्टलाई दिइसकेका छन्।
कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे,शंकर पोखरेल र लेखराज भट्ट रहेका छन्।

