काठमाडौं : राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ खारेज गरेकी हुन्।

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याए दल विभाजन गर्न सकिने व्यवस्थासहित गत भदौ २ गते अध्यादेश जारी गरिएको थियो।

राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत सदस्य हुनुपर्ने प्रावधान बनाइएको उक्त अध्यादेशको उपयोग गरी नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएको हो।

सो अध्यादेश कायमै रहे मन्त्रिपरिषद् विस्तारका बेला मौका नपाएमा कतिपय जसपा सांसद्ले पुनः विभाजन गर्न सक्ने सम्भावना बढेको थियो। यसकारण जसपाले सरकारमा सहभागी हुनका लागि अध्यादेश खारेजीको सर्त राख्दै आएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *