काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदलाई २-२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन लाज हुनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिर निस्कने क्रममा उनले सो कुरा बताएका हुन्।

भट्टराईले अलिकति पनि नैतिकता बाँकी छ भने एमालेका सांसदहरुले संसद् अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रियासमेत दिए ।

उनले भने,”जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउनै लाज हुनुपर्ने हो। उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।”

सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु पनि सरमको विषय भएको अध्यक्ष भट्टराईले टिप्पणी गरे।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *