gold

काठमाडौं : आज सुनको मूल्य प्रतितोला रु ३००का दरले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला रु ८९ हजारमा ३०० मा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ८८ हजार ८५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा मङ्गलबार तोलामा रु ५ ले घटेको छ । यसप्रकार चाँदीको मूल्य आज प्रतितोला रु १ हजार १५५ कायम भएको छ। सोमबार चाँदी प्रतितोला रु १ हजार १६० मा कारोबार भएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *