काठमाडौं :नेकपा एमालेका नेता वामदेव गौतमले पार्टीबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले गौतमको राजीनामा अस्वीकार गरेको हो।

नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि गौतमले भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए । यद्यपि हालसम्म उनी एकीकृत समाजवादीमा गएका छैनन् ।

