काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग
परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्नुपर्ने कुरामाथि जोड दिएका छन्।

सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै भट्टराईले राष्ट्रिय सहमति गरेर एमसीसी छिटो अनुमोदन गर्नुपर्ने बताएका हुन्।

राजनीतिक दलहरुले चाँड‌ै सहमति गरेर एमसीसी
सम्झौतालाई अनुमोदन गर्नु राष्ट्रिय हितमा हुन्छ भन्दै उनले जसपा एक्लैले निर्णय गरेर नहुने हुँदा राष्ट्रिय सहमतिबाटै टुङ्गो लागोस् भन्ने पार्टीको धारणा रहेको बताए।

भट्टराईले एमसीसीको विषयमा सरकारमा रहँदा एउटा र सरकारबाहिर हुँदा अर्को कुरा गर्ने नेपालका राजनीतिक दलको प्रवृतिका कारण यस्ता खालका सहमति र सम्झौतामा समस्या हुने गरेको बताए ।

पत्रकारसँगको कुराकानीमा डा.भट्टराईले कम्युनिष्ट नेताहरू पुरानै प्रवृत्तिबाट माथि उठ्न नसकेको धारणासमेत व्यक्त गरे।

“केही दल खास गरी हाम्रा पूराना कम्युनिष्ट साथीको जुन एउटा धङ्धङ्गी छ, त्यो धङधङ्गी छोड्न नसकेका कारण पार्टीको आन्तरिक सङ्घर्ष पनि प्रतिबन्धित हुन पुग्यो,” भट्टराईले भने ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *