काठमाडौं : मङ्गलबार(आज)देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही भूभागमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहने र धेरैजसो भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती पनि देशभरको मौसम बदली रहने छ । बागमती र गण्डकी प्रदेशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ। प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

