झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र बसेर माधव नेपालले पार्टीप्रति बेइमानी गरेको बताएका छन्। म‌ङ्गलबार झापामा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘माधव नेपालले जनताको भोटप्रति गद्दारी र पार्टीप्रति बेइमानी गरे। हिजो पार्टी चलाउन नसकेर महासचिवबाट राजीनामा दिएर हिँडेको इतिहास साक्षी नै छ।’

कार्यक्रममा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने बताए। नेकपा माओवादी केन्द्रको हालत पनि एकीकृत समाजवादीकै अवस्थामा पुग्ने उनको तर्क थियो।

अध्यक्ष ओलीले भने,‘माधव नेपालको एकीकृत समाजवादी पार्टीले वडा सदस्यसम्म पनि जित्दैन। माओवादीलाई पनि वडा तहमा जित्न गार्‍है पर्छ।’

नेकपा एमालेलाई कमजोर र धरासायी बनाउन ठूलै षड्यन्त्र भएको तर त्यो षड्यन्त्र असफल भएको बताउँदै ओलीले गृह जिल्लाका कार्यकर्तालाई आगामी निर्वाचनमा सफलता हात पार्ने गरी संगठन विस्तारको अभियानमा जुट्न निर्देशन दिएका छन्।

एमाले विभाजनपछि ओलीले हिजो पहिलोपटक गृह जिल्ला झापा पुगेर नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गरेका हुन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *