नेपाल-चीनबीचको सीमा अध्ययनका लागि गठन गरिएको टोली सिमकोट आइपुगेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा सातजनाको टोली हुम्लाको उत्तरी नाका अध्ययन गर्न शनिबार सिमकोट आइपुगेको हो।

टोलीमा सहसचिव आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल र सोही विभागले तोकेको दुई विज्ञ तथा नेपाल प्रहरीका अधिकारीसहित सातजना रहेका छन्।
प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार
मौसम अनुकूल भए टोलीले १५ वटै स्तम्भको अध्ययन गर्नेछ। प्रतिकूल मौसम भएमा १३ वटा मात्र स्तम्भको अध्ययन गर्न सम्भव हुनेछ।
टोलीले चीनसँग जोडिएका हुम्लाका सिमानाको अध्ययन गरिसकेपछि मात्रै चीनद्वारा सीमा मिचिएको छछैन भन्नेबारे निष्कर्ष निक्लने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

