नेपालगन्ज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसिसी परियोजनासँग सुरक्षा रणनीति नजोडिएको भनी अमेरिकाले लिखित दिनुपर्ने बताएका छन्। शनिबार नेपालगन्जमा बाँके जिल्ला कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले सो अभिव्यक्ति दिएका हुन्।

“सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो हुँदैन। यो सुरक्षासँग सम्बन्धित छैन भनी हामीलाई अमेरिकाले
लिखित रूपमा स्पष्ट पार्नुपर्छ। यथास्थिति एमसीसी पारित गर्न सकिँदैन,” अध्यक्ष नेपालले बताए।
उनले देशको सैन्य गठबन्धन अरुको सुरक्षा घेरामा सुम्पिन नचाहेको बताउँदै एमसीसीका प्रतिनिधिहरुलाई आर्थिक सहयोगको परियोजना मात्र हो भनेर सुनिश्चित गर्न आग्रह गरेका छन् ।
एमसीसीबारे कार्यकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै उनले नेपाल कुनै पनि क्षेत्रीय राजनीति (आइपीएस)मा संलग्न हुने, नेपालले असंलग्न परराष्ट्र नीति त्याग्ने तथा छिमेकीहरुलाई अफ्ट्यारो हुने कुनै पनि सम्झौता गर्नेछैन भनी बताएका थिए।

