काठमाडौं : भारतको पूर्वी राजस्थानको आसपासमा रहेको र बंगालको खाडीको मध्यपूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण शनिबार बिहान प्रदेश १ र प्रदेश २ को मौसममा बदली भई पानी परेको छ।।

मनसुनी वायुको पनि प्रभाव रहेकाले यी दुवै प्रदेशमा मेघगर्जसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि प्रदेश १ र प्रदेश २ का केही भूभागमा पानी परिरहेको छ।

राती देशभर सामान्य बदली रहने छ। धेरैजसो भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *