काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ। वार्ताका लागि सुमारको टोली शुक्रबार बिहान खुमलटार पुगेको हो।

भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिपछि मात्र (एमसीसी) पारित हुने बताएका छन्।

उनले एमसीसीको विषय राष्ट्रिय मुद्दा भइसकेको अवस्थामा सत्तारुढ गठबन्धन र प्रतिपक्षी दलहरूबीच छलफल गरेर मात्र निर्णयमा पुग्ने बताए।

कुराकानीका क्रममा उपाध्यक्ष सुमारले एमसीसी र सैन्य गठबन्धन वा सुरक्षा रणनीतिबीच कुनै सम्बन्ध छैन भनी प्रचण्डसमक्ष कुरा राखेकी थिइन्।

शीर्ष नेताहरूसँग भेटघाटलाई तीव्र बनाएकी सुमारले एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग भेटिसकेकी छन्।

आज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाटको कार्यक्रम रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *