काठमाडौं : नेकपा एमाले स्थायी समिति बैठक आज दिउँसो ४ बजे बस्दै छ । आगामी असोज ४ र ५ मा हुने विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो।

बैठकले स्थायी समिति सदस्यहरुको कार्य विभाजन हेरफेर गर्न सक्ने बताइएको छ । प्रचार विभाग र केही इन्चार्जहरुको कार्य विभाजन परिवर्तन हुन सक्ने नेताहरुले जानकारी दिएका छन् ।

