काठमाडौं : बुधबार (आज) मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राती देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेशका एकदुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ।

