blood testFILE - Test tube with Corona virus name label is seen in this illustration taken on January 29, 2020. Photo: Reuters

काठमाडौं : पछिल्लो २४ घन्टामा १६ सय ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा १३ हजार ४५५ वटा नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित देखिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ७६७ नमूनाको पीसीआर र ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये १३ सय ४७ जनाको पीसीआर र २९३ जनाको एन्टिजेन विधिबाट सङ्क्रमण पुष्टि भएको हो।

बुधबार कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ८८९ पुगेको छ।

आज २१ सय ६१ जना भने कोरोनामुक्त भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार ४७९ छ।

हाल ४८८ जनाको आइसीयू र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *