काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरे पनि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरेका छन् । बुधबार बसेको संसद्को तेस्रो बैठकमा नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको अवस्थामा गृहमन्त्री खाँणले सो अध्यादेश पेस गरेका हुन्।

रोष्ट्रमतर्फ अघि बढेका गृहमन्त्री खाँणलाई एमाले सांसदहरूले रोक्न खोजे पनि सफल हुन सकेनन्। त्यस क्रममा एमाले सांसद र मर्यादापालकबीच धकेलाधकेलसमेत भएको थियो।

एमालेले कारबाही गरेका १४ जना सांसदलाई सभामुख सापकोटाले निर्णय प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले अवरोध सुरु गरेका थिए ।

अवरोधका कारण १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठक पनि एमालेका सांसदहरूले अवरोध गरेपछि पुनः सभामुख सापकोटाले बैठक स्थगित गरेका थिए ।

प्रतिनिधिसभा बैठक भदौ २५ सम्मका लागि स्थगित गरिएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *