काठमाडाैं : आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकाका सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आउने भएका छन्। सोमबार काठमाडौंका सिडिओ र उपत्यकाका स्थानीय तहहरूबीच बसेको बैठकले सो निर्णय गरेको हो।

नगरपालिकाको शिक्षा महाशाखाले कोभिडको अवस्था हेरेर असोज १ गतेदेखि विद्यालय सञ्चालन गराउनसक्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए ।
विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गराउनुपर्ने र सोको पालना भएको/नभएको बारेमा नियमित नियमन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

