blood testFILE - Test tube with Corona virus name label is seen in this illustration taken on January 29, 2020. Photo: Reuters

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १हजार ६ सय ७७ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन् ।

११ हजार १११ नमूनाको पीसीआर र ३ हजार ९२३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये १४ सय २३ जनाको पीसीआर र २५४ जनाको एन्टिजेन विधिबाट सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त अवधिमा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ८७९ पुगेको छ।

आज कोरोनामुक्त हुनेको सङ्ख्या भने २ हजार ७२ जना रहेको छ । हाल देशभर ३० हजार ३०३ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *