काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने कुरा बताएका छन् ।एमसीसीका विषयमा पक्ष र विपक्षमा बहस भइरहेका बेला डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो विचार व्यक्त गरेका हुन् ।

अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने उनको तर्क रहेको छ । उनले वार्तामार्फत भारतसँगका विवाद हल गर्न र चीनसँगका BRI, पारवहन लगायत सम्झौता कार्यान्वयन गर्न तयार हुनुपर्ने कुरामाथि जोडसमेत दिएका छन्।

उनले लेखेका छन्, ‘यसमा राष्ट्रिय सहमति गरौं : १ उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, २ चीनसँगका BRI, पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं, अमेरिकासँग चिठी आदानप्रदान सहितः MCC कार्यान्वयन गरौं । युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं !’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *