blood testFILE - Test tube with Corona virus name label is seen in this illustration taken on January 29, 2020. Photo: Reuters

काठमाडौं :पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुुसार ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन्।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ९७३ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *