काठमाडौं : हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ । गए रातीदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।

लगातारको वर्षाका कारण उपत्यकाका विभिन्न ठाउँहरु डुबानमा परेका छन् भने नदीहरुमा पानी बहाव बढेको छ । सडकहरु जलमग्न भएका छन् । अविरल वर्षाका कारण ठाउँठाउँमा जमेका पानीले दुईपाङ्ग्रे सवारी तथा साना गाडीहरुलाई आवतजावतमा समस्या भएको छ ।-नेपाल टेलिभिजनबाट

