blood testFILE - Test tube with Corona virus name label is seen in this illustration taken on January 29, 2020. Photo: Reuters

काठमाडौं : पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ७९ सय ७१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

५१ सय ७० नमूनाको पीसीआर र २८ सय १ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये ९७६ जनाको पीसीआर र ११३ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

आइतबार कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ।यो सङ्ख्याबाट नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ८३८ पुगेको छ।

मन्त्रालयका अनुसार आज १५ सय ३४ जना कोरोनामुक्त भएका छन्। कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार २४८ रहेको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *