काठमाडौं : नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ । खेल दशरथ रंगशालामा सुरु भएको हो ।

आज नेपाली टोलीका तीन खेलाडी परिवर्तन गरिएको छ। फरवार्ड अञ्जन विष्ट, नवयुग श्रेष्ठ र रक्षक सुमन अर्याल पहिलो रोजाइमा छैनन् । आज उनीहरूको ठाउँमा मनिष डाँगी, आशीष लामा र सुजल श्रेष्ठले मौका पाएका छन् ।
खेलमा नेपालको कप्तानी भने किरण चेमजोङले गरेका छन् ।आजको खेलसँगै कप्तान चेमजोङले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् ।
नेपाल-भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण पनि दशरथ रंगशाला पुगेका छन् ।

