काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)ले अन्तरपार्टी निर्देशन जारी गरी जिम्मेवारी तोकेको छ ।

एकीकृत समाजवादीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा दस्तावेज मस्यौदा समिति गठन गरेको छ । उक्त समितिमा डा. बेदुराम भुसाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, प्रमेश हमाल,
जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक सदस्यको रुपमा रहेका छन् ।

पार्टीद्वारा भदौ १८ गते जारी गरिएको अन्तरपार्टी निर्देशनअनुसार एकीकृत समाजवादीका प्रदेश इन्चार्जहरूमा प्रदेश १- घनेन्द्र बस्नेत, प्रदेश २- धर्मनाथ साह, बागमती – केदार न्यौपाने, गण्डकी – केशवलाल श्रेष्ठ, लुम्बिनी – भागवत विश्वासी र कर्णाली प्रदेश -प्रकाश ज्वाला रहेका छन्।

साथै उपत्यका विशेष प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल र जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङ, विभागीय जिम्मेवारीअन्तर्गत मोर्चा इञ्चार्जमा विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाह चयन भएका छन्।

सुदूरपश्चिम प्रदेशको इन्चार्ज भने टुङ्गो लागिसको छैन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *