एजेन्सी :
अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पञ्जशिरमा लगभग ६ सय तालिवान लडाकू मारिएका छन्।नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले सो कुरा दाबी गरेको छ।

पञ्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच विगत तीन दिनदेखि युद्ध चलिरहेको छ। रेसिस्टन्स फ्रन्टका प्रवत्ता फहिम दास्तीले ट्विटरमा उल्लेख गरेअनुसार पञ्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिवान लडाकू मारिएका छन् भने एक हजारभन्दा बढी लडाकूले आत्मसमर्पण गरेका गरेका छन्।
राजधानी काबुलबाट उत्तरमा रहेको यो घाटी अफगानिस्तानको साना प्रान्तहरू मध्ये एक हो । हाल तालिबानको कब्जामा नरहेको यो एक मात्र प्रान्त रहेको छ ।

