काठमाडौं :आज देशभर सामान्य बदली रही केही भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्य बदली रही केही भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

