मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन्। मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ‘ख’ पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले सो अभिव्यक्ति दिएका हुन्।

मुलुकको शासन जनताले गर्ने,अभिभावकका रूपमा राजसंस्था रहने व्यवस्थाको आवश्यकतामाथि जोड दिँदै
अध्यक्ष थापाले अहिलेको शासन प्रणाली मुलुकका लागि अनावश्यक बोझ भएको समेत बताए।

अहिले देश भ्रष्टाचारले ग्रस्त भएको धारणा राख्दै थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने कुरा बताए।उनले राजनीतिलाई भ्रष्टाचारउन्मुख गराउने निर्वाचन प्रणालीका कारण नेता, भ्रष्टाचारी, माफिया, कर्मचारी र बिचौलियाहरू झन् बलियो भएको टिप्पणी गरे।

करोडौं खर्च गरेर चुनाव जित्नेहरूको ध्यान सधैँ कमाउनेतिर‌ै केन्द्रित हुने हुँदा अध्यक्ष थापाले राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुनेसमेत बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *