काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।उनी अस्वस्थ भएकाले शनिबारका सबै कार्यक्रम तथा भेटघाट बन्द गरिएको छ ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार अध्यक्ष ओलीलाई हल्का ज्वरो आएको छ । ज्वरोका कारण आजका सबै कार्यक्रम तथा भेटघाट रोकिएको छ।बजगाईँले पछिल्लो समयमा निकै धपेडी भएकाले ज्वरो आएको हुनसक्ने बताए।
आज नेकपा (एमाले) काठमाडौं महानगर कमिटीको आयोजनामा हुने महानगरस्तरीय बृहत् कार्यकर्ता भेलामा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

