काठमाडौं : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ।मन्त्रिपरिषद्लाई पूर्णता दिन शीर्ष नेताहरूको बैठक बसेको बालुवाटार स्रोतले बताएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागिता रहेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव उपत्यकाबाहिर रहेकाले उनी बैठकमा सहभागी भएका छैनन्।

सत्ता गठबन्धनका नेताहरुको विभिन्न बैठकले मन्त्रिपरिषद्को टुङ्गो लगाउन नसकेपछि गठबन्धनका शीर्ष नेतालाई यसको जिम्मेवारी दिइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *