काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुने भएको छ। पार्टीको नयाँ नीति र नेतृत्व छनोटका लागि महाधिवेशन हुन लागेको हो ।

जिल्ला अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गरिसक्ने पार्टीको योजना रहेको छ। पार्टीले पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधानमा व्यवस्था गरिएको स्रोतले जनाएको छ।

यसअघि नगर, जिल्ला र क्षेत्रबाट प्रतिनिधि छनोट हुने व्यवस्था थियो। यसपटक नयाँ नियम लागू गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *