जुम्ला : नेकपा एमालेको जुम्ला जिल्ला समितिका तीनजना सदस्यबाहेक सम्पूर्ण सदस्यहरू एकीकृत समाजवादी पार्टीमा समाहित भएका छन्। नेकपा एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा ५८ जना एकीकृत समाजवादीमा लागेका हुन्।

लाल भट्टराई , मेनका पछाइ र मनोनीत सदस्य धीर बोहोरा (बोहोरालाई पार्टीले आगाडि नै निष्कासन गरेको थियो)नेकपा एमालेमै बसेका छन्।
जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदिप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिंगो नकेपा एमालेको जिल्ला समिति समाजवादी पार्टीमा आइसकेको उल्लेख गरेका छन्।

