काठमाडौं : नेपालमा आज १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१को एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको जनाएको छ भने २ हजार २७४ जना निको भएका छन् ।
यसबाट नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन् भने १० हजार ८०९ जनाको मृत्यु भएको छ ।


