काठमाडौं : शुक्रबार (आज) देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ।

दिउँसो पनि देशभर सामान्य बदली रहने छ र धेरैजसो भूभागमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती देशभर सामान्य बदली रहने र केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ । बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *