काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको
स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। बिहीबार साँझ डल्लुस्थित खनाल निवास पुगेर प्रधानमन्त्री देउवाले सो अवस्थाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्री देउवाले नेता खनालको स्वास्थ्य अवस्थाका सम्बन्धमा जानकारी लिनुका साथै उनको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि खनाललाई भेटेका थिए।

भारतबाट मिर्गौला प्रत्यारोपण गरी नेता खनाल यसै हप्ता स्वदेश फर्किएका हुन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *