काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गौतमले शुक्रबार राजीनामा दिएका हुन्।

उपाध्यक्ष गौतमले एमालेको केन्द्रीय कार्यालय थापाथली पुगेर कार्यालय सचिव शेरबहादुर तामाङसमक्ष पार्टीका सबै पदबाट राजीनामा बुझाएका हुन् ।
एमालेबाट राजीनामा दिएपछि अब नेता गौतम (एकीकृत समाजवादी) पार्टीमा सहभागी हुने बुझिएको छ ।

