एजेन्सी :
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तिमा ४६ जनाको मृत्यु भएको छ। अमेरिकाको उत्तरी क्षेत्रमा आएको आँधी र बाढीमा कम्तिमा ४६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ।

एक्कासी आएको आँधीमा परी ज्यान गुमाउनेमा अधिकांश आफ्नै सवारी साधनमा सवार गरिरहेकाहरु रहेका छन्। उनीहरुलाई सवारी साधनभित्रै मृत अवस्थामा भेटिएको अधिकारीहरूले बताएका छन्।
ती क्षेत्रमा अहिले खोजी कार्यलाई तीव्र पारिएको छ। जति सक्दो चाँडो सबै मृतकको खोजी गर्ने प्रयत्न भइरहेको त्यहँका एक अधिकारीले बिहीबार जानकारी दिएका छन्।
मेरिल्यान्ड, न्यू जर्सी, न्यूयोर्क तथा भर्जिनियालगायतका राज्यमा आँधी तथा बाढीले क्षति पुर्याएको हो।

