गोरखा : मनकामना केबलकार आइतबार(आज) बाट सञ्चालन हुने भएको छ। कोभिड-१९ को संक्रमण बढ्न थालेपछि बन्द केबलकार संक्रमण घटेसँगै संचालन गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालीका नायव प्रबन्धक उज्वल शेरचनले बताए।

गत २०७८ बैसाख १६ गतेदेखि केबलकार बन्द रहेको थियो। डिसिसिएमसीको बिहीबारको बैठकले मनकामना मन्दिर पनि खुलाउने निर्णय गरेको छ। त्यसयता १० करोड रुपैयाँ भन्दाबढि घाटा लागेको कम्पनीले जनाएको छ। ‘कोभिडको पहिलो लहरका बेला पनि नौ महिना केबलकार बन्द गर्नुपर्यो,’ शेरचनले भने ।

