काठमाडौं : सरकारले नेपाल र चीनबीचको सीमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।

बुधबार उक्त सीमाको अध्ययनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारी र सीमाविद्हरू सम्मिलित समिति गठन गरेर अध्ययन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिएका हुन्।

०७७ असोजमा हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेर ९ वटा भवन बनाएको, हुम्लामा १२ नम्बर पिल्लर सारेर लोलुजुङमा भवनहरु बनाएको, हिल्लाको ९९२० सीमा स्तम्भको दुईतिहाइ भाग चीनतिर पारेर बार लगाएको, हिल्साकै किडको ६९१० सीमा स्तम्भ आफ्नोतिर पारेर तारबार बनाएको समाचार सार्वजनिक भएका थिए।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *