विराटनगर : प्रदेश १ मा १० जना प्रदेश सभा सदस्यहरुले
नेकपा एमाले त्यागी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् ।

नेपाल समूहमा आबद्ध रहँदै आएका प्रदेश सभा सदस्यहरुले बुधबार दिउँसो प्रदेश निर्वाचन कार्यालय विराटनगरमा उपस्थित भई नेकपा(एकीकृत समाजवादी)का पक्षमा सनाखत गरेका हुन्।

नेकपा(एकीकृत समाजवादी) रोज्नेहरुमा प्रदेशसभा सदस्य राजेन्द्रकुमार राई, गणेश काङ्माङ, कृष्णकुमारी राई, उपेन्द्र घिमिरे, राजन राई , सरिता थापा, खिनु लङ्वा लिम्बु, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सावित्राकुमारी रेग्मी रहेका छन्।

९३ सदस्यीय प्रदेशसभामा ५१ सांसद रहेको एमालेबाट १० जनाले एकीकृत समाजवादी पार्टी रोजेपछि अब एमालेमा ४१ जना सांसदमात्र रहेका छन् । सरकारले बहुमत प्राप्त गर्न ४७ जना सांसद आवश्यक हुन्छ ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्ञ्चका एक जना सांसद छन् । यस गणितअनुसार वर्तमान सरकार धरापमा परेको देखिन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसद भने कसलाई सहयोग गर्ने भन्ने विषयमा अहिलेसम्म खुलेको पाइएको छैन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *