काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। बुधबार बसेको बोर्डको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

यसअघि साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा
कोरोना महामारीका कारण स्थगित भएको थियो ।

हाल संक्रमण घट्दै गएकाले बोर्डले बुधबार परीक्षा सञ्चालनको कार्यतालिका सार्वजनिक गरेको हो ।

परीक्षा होम सेन्टरमा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *