logo

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। सापकोटाविरुद्ध परेको १० वर्ष पुरानो मुद्दाको सुनुवाइ आज भइरहेको हो। गत फागुन ३० गते पेशीमा चढाइएको यो मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ। २०६२ वैशाख १६ गते श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए। साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन्।

प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी थिइन्। २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो। त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो।

यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन थियो। सापकोटा सभामुख नियुक्त भएपछि त्यसविरुद्ध अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि सर्वोच्च अदालतमा निवेदन दिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन्।स्रोत: नागरिक ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *