काठमाडौं : नेपालमा मनसुन विस्तारै कमजोर हुँदै गएको
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान देशभरको मौसम सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही भूभागमा वर्षा भएको छ।
दिउँसोको मौसममा पनि सामान्य बदली रहने छ ।यसकारण देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही भूभागमा भने मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ।
राती प्रदेश १ का केही भागमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशमा सामान्य बदली हुने र केही भागमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान रहेको छ।

