काठमाडौं : नव गठित नेकपा (एकीकृत समाजवादी)लाई संघीय संसद् सचिवालयले कार्यालय उपलब्ध गराएको छ । नेकपा (एकीकृत समाजवादी )लाई संघीय संसद् भवन सिंहदरबारमा कार्यालय उपलब्ध गराइएको हो ।

संघीय संसद् भवन नम्बर १ को दोस्रो तल्लामा सो पार्टीका अध्यक्ष माधवकुमार नेपालका लागि छुट्टै कार्यालयको पनि व्यवस्था गरिएको छ ।
पार्टी कार्यालय भने अझै पनि टुङ्गो लागिसकेको छैन । नयाँ पार्टीका लागि भवन र जग्गा खोज्दै गरिएको स्रोतले बताएको छ।

