नेकपा (एकीकृत समाजवादी)पार्टी अंतर्गत सुनसरी घर भई काठमाण्डू मा पेशा,अध्ययन र व्यवसाय गरीबस्ने तथा समाजवादी विचारधारा समर्थकहरूको आज काठमाण्डूको नयाबानेश्वोरमा ब्रीहत भेला आयोजना गरियो।उक्त भेलाको प्रमुख आतिथ्यता नेकपा(एकीकृत समाजवादी) की केन्द्रीय सदस्य क.राम कुमारी झाक्रीले गर्नु भएको थियो।उक्त भेलाले युवासंघ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य तथा पूर्व पार्टी नेकपा एमाले सुनसरि काठमाण्डू सम्पर्क मंचका सचिवालय सदस्य सुनसरी बराहक्षेत्र निबासी क.रमेश आचार्य लाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको छ भने उपाध्यक्षमा दुहबि नगरपालिका की निस्ता गिरी,सचिवमा दुहबि नगरपालिका कै आसीस थपलिया,सहसचिवमा रामधुनी नगरपालिका का क.कमलमान श्रेस्ठर कोषाध्यक्षमा बराहक्षेत्र ७ का शेषराज आचार्य निर्वाचित भएका छन।हाललाई २५ सदस्यीय आयोजक कमिटी निर्माण गरिएको र असोज महीना भित्र अझ बृहत् भेला गरी कमिटी विस्तार गरिने मंचका नवनिर्वाचित अध्यक्ष रमेश आचार्यले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *