logo

नयाँ दिल्ली — अफगानिस्तानमा गैर कानुनी उपाय र बाटोबाट पुगेका ३४ नेपालीको उद्धार गर्न राष्ट्रसंघीय निकायहरु समेतको सुरक्षामा संलग्न रहेको ‘आईडीजी सेक्युरिटी’ले जिम्मा लिएको छ ।

शुक्रबारसम्म काबुलस्थित गुरुद्वारामा शरण लिइरहेका ३४ नेपालीलाई शनिबार अपरान्ह आईडीजीले जिम्मा लिएको र यी नेपाली कामदार तीन दिनभित्रमा नेपाल पुग्ने भएका छन् ।

‘नेपाली समूहलाई सुरक्षित रुपमा आईडीजीको क्वार्टरमा स्थान्तरण गरिएको छ,’ एक अधिकारीले भने ।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख राम सुवेदीले काबुलमा सम्पर्कमा आएका सबै नेपाली ‘सुरक्षित’ रहेको जानकारी दिए ।स्रोत: कान्तिपुर ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *